परिचय
सडक विभागका सम्पूर्ण क्रियाकलापहरु विभिन्न साझेदारहरु (सडक प्रयोगकर्ताहरु, नीति निर्माणकर्ताहरु, दाता, स्थानीय सरकारी निकायहरु, ठेकेदार, आपूर्तिकर्ताहरु, जन निगरानी) सँग सम्बन्धित छन्। सडक सम्बन्धि कार्यहरु, विकास व्यवस्थापनको माग र योजना, कार्यन्वयन, अनुगमन आदिसँग मेल खाने तथा पारदर्शी, उत्तरदायि र जवाफदेहि जरुरी हुनुका साथै सेवाको प्रभावकारी सुनिश्चता र सम्पूर्ण साझेदारहरुको सन्तुष्टी एवम् सुशासनका आधारभूत मूल्यहरुसँग मेल खान्छ ।
कार्यमा प्रभावकारिता ल्याउन र सांगठनिक लक्ष्य हासिल गर्न सडक विभागले विभिन्न सुधारका कार्यहरु गरिआएको छ । सडक विभाग आफ्नो क्रियाकलाप,सुशासन कायम गर्दै जनतालाई आफ्नो अधिकारको पूर्ण उपभोग गरेको अनुभूति दिलाउन राज्य संयन्त्रलाई सहयोग पुर्याउन कटिबद्ध छ । यसै सम्बन्धमा सडक विभागले आफु संग सम्बन्धित उजुरी सुन्न र समाधान गर्न कटिबद्ध छ ।
तसर्थ यस सूचना संचार प्रबिधिमा आधारित संयन्त्रको प्रयोगले जनतालाई सरल र प्रभावकारी ढंगबाट आफ्नो उजुरी/ गुनासो, सल्लाह सुझाब प्रबाह गर्न र सो कार्यन्वयन गर्न मद्दत पुर्याउछ भन्ने हामीले अपेक्षा गरेका छौं।